काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। कांग्रेसले स...
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार पाँचौ पटक स्थगित भएको छ। प्रदेश सरकार र विपक्षी दल बीच सहमति हुन नसक्दा आइतबारको बैठक पनि स्थगित भएको हो।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशसभाको बैठक अबरुद्ध गर्दै आइरहेका छन्। आइतबार भने निर्धारित समयसम्म दुबै दलका एक जना पनि सांसद उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।
प्रदेश सभाको अर्को बैठक आगामी मंगलबार दिउँसो ३ बजे आह्वान गरिएको छ। प्रतिपक्षी दलको अवरोधका कारण यसअघि असार ५ गते, ८ गते, ११ गते र १२ गतेको प्रदेशसभा बैठक पनि स्थगित भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।