अर्थ

धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

File Photo
असार १५, २०७६

    काठमाडौं : नेपाल धितोपत्र बोर्डले काठमाडौंमा बृहत अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

    वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले यही असार १७ र १८ गते काठमाडौंमा बृहत अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक परिस्थनाथ पौड्यालले वित्तीय साक्षात्कारलाई बढाउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको बताए।

    धितोपत्र नियमनकारी अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेशनल अर्गानाईजेशन अफ सेक्यूरिटी कमिसन्स (आईओस्को)को सहकार्यका आयोजना गर्न लागिएको सो सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नेछन्। सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाइल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारमा विज्ञ तथा लगानीकर्ता सहभागी हुनेछन्।

    वित्तीय साक्षरताका सम्बन्धमा विभिन्न सत्र संचालन हुने र त्यसले नेपालको पूँजी बजारलाई चलायमान बनाउन ठोस सुझाव प्राप्त हुने विश्वास गरिएको छ । सम्मेलनमा वित्तीय समावेशीका विषयमा पनि विस्तृत छलफल हुने बोर्डले जनाएको छ।

    कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डको रजत जयन्तिको अवसर पारेर निश्काशन गरिएको सय रुपैयाँको चाँदीको सिक्का  लोकार्पण गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]