समाज

उपत्यकाको फोहोर सोमबारदेखि उठ्ने

समस्या समाधानको लागि १३ सदस्य समिति गठन

असार १५, २०७६

    काठमाडौः विगत पाँच दिनदेखि रोकिएको काठमाडौंको फोहोर सोमबारबाट उठने भएको छ। आइतबार महानगरको सभाकक्षमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँग प्रभावित क्षेत्रका जनप्रतिनिधि, प्रभावित र अतिप्रभावित क्षेत्रका स्थानीयबीच सम्पन्न वार्ताबाट समस्या समाधानका लागि समिति गठन गर्दै फोहोर उठाउने सहमति भएको हो।

    वार्तामा 'ल्याण्डफिल्ड साइट' प्रभावित क्षेत्रका स्थानीयका तर्फबाट माग राख्दै प्रतिनिधिले सिसडोल ल्याण्डफिल्ड साइटमा अबदेखि फोहोर नलैजान र अहिलेको अवस्थालाई सुधारेर छोड्ने माग प्रस्तुत गरेका थिए।महानगरका प्रमुख शाक्यले स्थानीयबासीमा परेको पीडा आफूले महसुस गरेको बताउँदै महानगर आफैँले समाधान नर्ग नसक्ने कतिपय सवालका कारण आफू पनि समस्यामा रहेको उल्लेख गरे। आफू स्थानीयबासीका हरेक मागप्रति संवेदनशील रहेको शाक्यले बताए।

    यी मागमध्ये महानगर आफैँ निर्णय गरेर पूरा गर्न सक्ने कामको जिम्मा लिने उनको भनाइ छ। उनले भने, 'संघ, प्रदेश र उपत्यकाका अन्य स्थानीय सरकारसँगको समन्वयनमा गर्न सकिने काम मात्र अघि बढाउनका लागि नेतृत्व लिन्छु। यसमा तपाईं हामी सबै मिलेर अघि बढ्नु पर्छ।'

    उनको प्रस्तावपछि स्थानीयले तत्कालका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका महाप्रबन्धक डा. सुमित्रा अमात्यको पालामा तयार पारिएको स्थानीय समस्यामा केन्द्रीत प्रतिवेदनका आधारमा काम शुरु गर्न आग्रह गरेका थिए। यसअघिका अहिलेका आवश्यकता र आगामी चुनौतीलाई दृष्टिगत गर्दैै समस्या समाधान गर्न समिति गठन गर्ने कुरामा सहमति भएको थियो।

    उक्त सहमतिबमोजिम महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको छ। समितिको सदस्यमा ककनी गाउँपालिका-१ का अध्यक्ष चन्द्रबहादुर बलामी, वडा २ का अध्यक्ष केदार पौडेल र नुवाकोटको धुनिबेँसी नगरपालिका-१ का अध्यक्ष चन्द्रबहादुर लामा छन्।

    त्यसैगरि, स्थानीय प्रतिनिधिका रूपमा अर्जुन न्यौपाने, जीतबहादुर बलामी र राजन न्यौपानेलाई छन्। ल्याण्डफिल्ड साइटबाट प्रभावित र अतिप्रभावितको मागलाई उठाउने चक्रमान बलामी, ज्ञानेन्द्रप्रकाश गजुरेल, सन्तराम बलामी र गणेश बलामी समितिको सदस्य रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]