समाज

'जल र मल समयमा नपाउँदासम्म धान दिवसको अर्थ छैन'

असार १५, २०७६

    दाङ : हरेक वर्ष असार १५ अर्थात धान दिवस विभिन्न कार्यक्रम गरी सरकारले मनाउँदै आएको छ। यो महिना मानो रोपेर मुरी पलाउने भने पनि किसानले भने समयमै पानो रोप्न पाएका छैन।

    खेतीपाती गर्ने समयमा प्राप्त पानी र रासायनिक मल नहुँदा किसानले दुःख पाउँदै आएका छन। आइतबार धान दिवसका अवसरमा दाङका १० वटै पालिकामा धान रोपाइँ कार्यक्रम गरिरहँदा किसानले भने मल र पानीको कारण समयमै खेती गर्न नपाएको दुखेसो पोखेका छन्।

    तुलसीपुर ७ तमाखेकी शान्ता पन्थीले आइतबार बल्ल धानको ब्याड राखिन। गत वर्ष अलि अगाडि ब्याड राख्ने गरेता पनि यस वर्ष पानीको अभावले गर्दा आइतबार ब्याड राखेको बताइन। त्यसैगरी उनले बजारमा मलको अभावका कारण आफूहरूलाई समस्या भएको बताइन।

    'जो पहुच वाला छ, त्यसैले सबै पाउँदा हामी पहुFच नभएकाले पाउँदैनौ।  हरेक वर्ष सरकारले आजैको दिन धान दिवस मनाउने गर्दछ' उनले भनिन्, 'तर विगत केही वर्षदेखि किसानले समयमै मल नपाउने, पानीको समस्या भोग्दै आएका छन। त्योतर्फ ध्यान नदिएर कुर्सीमा बसेकाले एक दिन हिलोमा गई रोपाइँ दिवस मनाउनुको कुनै अर्थ हुँदैन।' राज्यले दिवस मनाउनुभन्दा पनि किसानको समस्यालाई चासो दिनुपर्ने उनले बताइन्।   

    तुलसीपुर उपमहानगरपालिका १५ डुरुवामा धान रोपाइँ कार्यक्रम गरिएको छ। मनसुनमा ढिलाइँ र रासायनिक मलको अभावका कारण किसान पानी र मलबाट चिन्तित भएका  छन्। पानीको  कारण अझै रोपाइँ सुरु गर्न नसकेको तुलसीपुर १५ कै स्थानीय एकराज रैदास बताउँछन्। 

    केही ठाउँमा सिँचाइको सुविधा भए पनि मलको अभावमा रोपाइँ हुन सकेको अर्का किसान तुलसीपुर १५ का रेशम विष्टले बताए।  खेतीपाती गर्नको लागि केही मात्रमा युरिया मल पाएको भए पनि डिएपी मल नपाएको उनले बताए। उनले रोपाइँ गर्नका लागि कुलो र डिपबोरिङ भएता पनि मलको समस्या भएको बताए। 

    अर्का किसान तुलसीपुर १५ का सुशिल बुढाथोकी खेत गर्नको लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको बताए। 'कुलो भएता पनि खोला पानी छैन, पानी भएता पनि रोपाइँ गर्नको लागि मल छैन', उनले भने।

    यता, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सिँचाइको लागि दीर्घकालीन रुपमा माडीको पानी ड्रार्भसन गरेर ल्याउन दाङ बृहत सिँचाइ योजनासँग मिलेर काम गर्न लागेको बताए। उनले अहिले परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्ने आवश्यक रहेको बताए।

    पानी कम लाग्ने बिउविजनको प्रयोग गर्नुपर्ने, रासायनिक मलको साटो प्रागांरिक मल प्रयोग गर्नुपर्ने र त्यसको लागि अब सबैले सोच्नु पर्ने बताए। उनले रासायनिक मलका लागी सम्बन्धित निकायहरूसँग पहल भइरहेको समेत बताए।

    त्यसैगरी कृषी सामाग्री लिमिटेड उपशाखा कार्यालय तुलसीपुरका अनुसार दाङमा कुनै पनि मल नभएको जनाएको छ। युरिया मल एक-दुई दिनमा ५ सय टन आउने र डिएपी मल यो धान सिजनसम्म आउने सम्मभावना न्यून भएको शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए। 

    'तुलसीपुर उपशाखाको लागि ५ सय टन युरिया मल आउँदैछ, त्यो मल दाङमा ल्याउन ठेक्दार नुहँदा यहाँका सहकारीलाई सिफारिस गरी क्षेत्रीय कार्यालय भैरवा पठाउने गरिएको छ' उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]