छापा

‘अकुत’ आर्जन मुद्दामा नासु धेरै, एक वर्षमा १२ विरुद्ध मुद्दा

असार १६, २०७६

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा (नासु) ललितकुमार झा र उनकी पत्नी सुचितादेवी झाविरुद्ध ‘अकुत’ अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध एक करोड ५६ लाख ७९ हजार रुपैयाँ भ्रष्टाचारको बिगो दाबीसहित मुद्दा दायर गरिएको हो।

    अघिल्लो साता कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नासु रामप्रसाद भट्टराईविरुद्ध दुई करोड रुपैयाँ बराबर अकुत आर्जन अभियोगमा मुद्दा चलाइएको थियो। त्यसअघि बारा मालपोतका नासु मदन गुप्ताविरुद्ध पनि अकुतमै मुद्दा दायर भएको थियो। यसबीच जुम्ला मालपोत कार्यालयका नासु गोविन्द न्यौपाने सार्वजनिक भेडा तथा बाख्रा फार्मको ९० रोपनी जग्गा आफ्नो र पत्नीको नाममा निजी बनाएको अभियोगमा तानिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

    यस्ता अकुत आर्जनका मुद्दा दायर हुने कर्मचारीमध्ये अधिकांश नासु मुछिएका छन्। एक वर्षयता १२ जना नासु अकुत मुद्दामा परेका छन्। कार्यालयका सबै काम नासुको पहुँच हुने भएकाले उनीहरु भ्रष्टाचारमा पनि अगाडि देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]