समाज

सिरहामा डिएपी मल अभाव

असार १६, २०७६

    सिरहा : किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।

    धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताए। उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डिएपी मल कृषि सामग्रीको गोदाममा छैन।

    डिएपी मलको अभाव भए पनि युरिया मल भने पर्याप्त रहेको छ। डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँ गाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]