राजनीति

जनप्रतिनिधिहरु पहिले आफू सच्चिनुहोस् : यादव

असार १६, २०७६

    दैलेख : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनप्रतिनिधिहरुलाई सच्चिन आग्रह गरेका छन्। संघीयता सफल बनाउनुका साथै नागरिकको जीवनस्तर सुधार गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा रहेकाले पहिले आफू सच्चिनुपर्ने मन्त्री यादवको भनाइ छ।

    दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यको औपचारिक सुरुवातका लागि दैलेख आएका उनले भने, ‘तपाईले बदमासी गरेको जनता र पार्टी नेतृत्वलाई थाहा नहुन सक्छ तर आफुले आफ्नो आत्मालाई सोध्नुहोस अनि जनताको काममा लाग्नुुस्।’ 

    मन्त्री यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन भइरहेकाले कहिलेसम्म काम पूरा हुन्छ भन्ने अहिले नै बताउनु नसकिने बताए। चीनको विशेषज्ञ टोलीले सोमबार शिरिस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थको अध्ययन सुरु गर्ने कार्यक्रम छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]