समाज

नवराज सिलवालले भने : पञ्‍जा लाएर रोपाइँ गरेको छैन, बदनाम गरियो

असार १६, २०७६

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवालले खोला सरसफाइ गर्दाको फोटो राखेर रोपाइँको नाटक गरेको भन्दै आफ्नो बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। 

    गोदामचौरस्थित गोदावरी खोला सरसफाइ तथा वातावरण संरक्षण अभियानको जुत्ता र पञ्जा लगाएको फोटोलाई असार १५ गते रोपाइँ दिवसको फोटो भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएपछि सिलवालले दु:ख व्यक्त गरेका हुन्। 

    'हिजो असार १५ गते म आफ्नो निर्वाचन क्षेत्रको दुई कार्यक्रममा सहभागी भएको थिएँ', उनले भने, 'राष्ट्रिय धान दिवस २०७६ को अवसरमा टीकाभैरवमा भएको रोपाई कार्यक्रम र गोदामचौरस्थित गोदावरी खोला सरसफाइ तथा वातावरण संरक्षण अभियानको फोटोलाई जोडेर मेरो बदनाम गर्न खोजियो।'

    सरसफाइको सन्दर्भको फोटोलाई रोपाइँको फोटो भन्दै अमुक मिडियाहरू र केही व्यक्तिले अनलाइन र सामाजिक सञ्जालमा भाइरल बनाइ जुत्ता र पन्जा लगाएर रोपाइँको नाटक गर्यो भनेर कुप्रचार गरिएको उनले बताएका छन्। 'अर्कै सन्दर्भको फोटोलाई गलत प्रयोग गरेर मेरोविरूद्ध प्रचार प्रसार गरेको पाएँ', उनले भनेका छन्, 'यस्ता भ्रमात्मक प्रचारमा नलाग्‍न शुभेच्छुक तथा ललितपुरका दाजुभाइ दिदीबहिनीहरूमा अनुरोध गर्दछु।'


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]