समाज

भारतीय साधु मुस्ताङमा मृत अवस्थामा भेटिए

असार १६, २०७६

    पर्वत : हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल दामोदर कुण्ड जाने क्रममा एक जना भारतीय साधुको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीका अनुसार भारतको उत्तर प्रदेश गोरखपुर घर भएका ७५ वर्षीय जयरामदास त्यागीको निधन भएको हो।

    उनको शव लोघेकर दामोदर कुण्ड गाउँपालिका ४ स्थित धिमी ठाटीबाट दामोदर कुण्ड जाने भिरालो बाटोमा भेटिएको पनि प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। उकालो चढ्दै गरेको बेलामा लेक लागेर स्वासप्रस्वासका कारण त्यागीको निधन भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

    उनको निधन मानववस्ती नै नभएको ठाउँमा भएकोले ढिलो गरी मृत्युको खबर आएको तथा उनको मृत्यु कहिले भएको हो भन्ने बारेमा केही पनि नखुलेको प्रहरीले बताएको छ। मृतक साधु त्यागीको शवलाई पोस्टमार्टमको लागि सदरमुकाम जोमसोम ल्याउन सक्ने अवस्था नभएपछि स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा निधन भएकै ठाउँमा अन्तिम संस्कार गरिएको छ

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]