समाज : सुरक्षा/अपराध

जुवा खेल्दै गरेका वडा अध्यक्षसहित पाँचजना पक्राउ

असार १८, २०७६

    सुनसरी : प्रहरीले जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका-१५ का वडा अध्यक्ष अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई पक्राउ गरेको छ। वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए।

    जुवाको खालबाट नगद २ लाख रकमसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन्।

    पाँचैजना दुहवी १२ मा रहेको गंगा चौधरीको घरमा जुवा खेलिरहेका थिए। उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]