समाज

जंगली जनावरको आंतकले १० घर बसाइ सरे

फोटो : बाँदरले नष्ट गरेको मकै देखाउदै कृषक
असार १८, २०७६

    संखुवासभा : वन विनाश र बासस्थान मासिन थालेपछि जंगली जन्तु गाउँगाउँमा छिरेर आंतक मच्चाउन थालका छन्। जंगली जनावर गाउँ छिरेर किसानका खेतबारीका अन्नबाली खान थालेपछि संखुवासभाका विभिन्नका किसान चिन्तित भएका छन्।

    जंगली जनावरले चैनपुर नगरपालिका सालडाँडा, खराङ, सिम्ले, गहते लगायतका ग्रामीण भेगमा बन्यजन्तुको ज्यादतीबाट १० परिवार बसाइ हिँडेको अरुण आधारभूत विद्यालयका प्रधानाध्यपक सूर्य अधिकारीले जानकारी दिए।

    जंगली जनावरको आंतकले वडा नम्बर ११ का भद्र बहादुर दाहाल,कृष्ण बहादुर दाहाल, प्रकाश अधिकारी, डिक बहादुर दाहाल, हरि बहादुर दाहाल, झटक अधिकारी, कृण्ण बहादुर राउत, धर्मराज कठेत, तीर्थ खड्का तराई तिर बसाइ र खड्ग बहादुर चैनपुर नगरपालिकाको सिद्धपोखरी बसाइ सरेको प्रअ सूर्य अधिकारीले जानकारी दिए। उनले भने 'जंगली जनावरको आंतकले वडा नम्बर १० र ११ मा किसानले खेतबारीमा लगाएको अन्नबाली खाने, नष्ट गर्न भएका कारण दिन रात खतेबारीमै बास बस्नु परेको छ।'

    दिउँसो बाँदरले रातमा दुम्सी, खरायो, मृगलगायतका बन्यजन्तुले आतंक मच्चाउने गरेको स्थानीय मकर बहादुर खड्काले दुखेसो पोखे। उनले बारीमा लगाएको मकै बाँदर र अन्य जंगली जन्तुका कारण राम्रोसँग पाकेर थन्काउन समेत नपाएको गुनासो गरे।

    'हामीले जंगली जनावर आंकतले धान, मकै जस्ता खाद्यान्य बाली थन्काउन सक्ने अवस्था छैन। गाउँभरिका मानिस रातभरि सुत्दैनौँ, एकछिन सुत्न गए बारीमा पाक्न लागेको मकै सबै सखाप हुन्छ' खड्काले भने।

    वन्यजन्तुले दिउँसोको समयमा भन्दा रातको समयमा बढी दुःख दिने गरेको उनले बताए। जनावरले बालीनाली नष्ट गर्न थालेपछि आफूहरू रातको समयमा बत्ती बालेर, पुत्ला बनाएर जनावर भगाउने गरेको चन्द्र बहादुर दाहाको गुनासो छ। वन्यजन्तुले किसानहरूलाई क्षति पर्‍याए पनि नियन्त्रण र क्षतिपूर्तिका लागि कसैले पहल नगरेको उनीहरूको गुनासो छ।

    त्यस क्षेत्रमा पातलो गाउँबस्ती भएकाले काम गर्ने मान्छे पाउनसमेत समस्या रहेको छ। वन्यजन्तु मार्‍यो भने उल्टै कानुन लाग्छ भनेर वन्यजन्तुको हानीनोक्सानी सहन बाध्य भएको स्थानीयको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]