कामठाडौँ : स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन्। ...
दोस्रो सेमीमा नेदरल्यान्ड्स र स्विडेन भिड्दै
काठमाडौं : फिफा महिला विश्वकपको फाइनल प्रवेशका लागि स्विडेनले नेदरल्यान्डको सामना गर्दैछ । दुई संस्करणको सेमीफाइनलिष्ट स्विडेन र नेदरल्यान्डबीचको बिजेताले डिफेन्डिङ च्याम्पियन अमेरिकासँग उपाधि भिडन्त गर्नेछ ।
तीन संस्करणको विजेता अमेरिका यसअघि इङल्यान्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
स्विडेन ८ मध्ये ४ संस्करणको सेमीफाइनल पुग्ने टोली हो । यता गत संस्करणबाट प्रतियोगिताका लागि छानिएको नेदरल्यान्डले पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको हो ।
उसले उपाधि दावेदार मानिएको जर्मनीमाथि २–१ को जित निकाल्दै स्विडेनसँगको भेट पक्का गरेको हो। अघिल्लो संस्करणमा नेदरल्यान्डको क्वार्टरफाइनल प्रवेशमा जर्मनी बाधक बनेको थियो ।
विश्वकपमा स्विडेन र नेदरल्यान्डको पहिलो भेट हो । यसअघिका विभिन्न प्रतियोगितामा ८ भेटमा नेदरल्यान्डले तीन जित, दुई हार र तीन बराबरीको नतिजा निकालेको छ ।
प्लेयर टु वाच
पछिल्लो पटक २०१७ को महिला युरोमा नेदरल्यान्ड २–० ले विजयी भएको थियो । डच टिमका लागि गोल गर्ने लाइक मार्टिनेस र भिभियन मिडेमा प्लेइङ ११ मा छन् ।
आर्सनलकी मिडेमाले जारी प्रतियोगितामा ३ गोल गरिसकेकी छन् । त्यसैगरी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मार्टिनसले गत संस्करणको उपविजेता जापानविरुद्ध दुवै गोल गर्दै टिमलाई क्वार्टरफाइनल पुर्याएकी थिइन् ।
यता स्विडेनकी २३ वर्षीया स्टिन व्लेकस्टेनसले नकाउट चरणका दुवै खेलमा निर्णायक गोल गर्दै टिमलाई सेमीफाइनलमा पुर्याइन् । अन्तिम १६ मा क्यानडाविरुद्ध निर्णायक गोल गरेकी उनले जर्मनीलाई २–१ ले पराजित गर्दा ४८ औँ मिनेटमा विजयी गोल गरेकी थिइन् । खेल विहीवार १२ः४५ बजे फ्रान्सको स्टेड डी लियोनमा हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।