काठमाडौं : इंडियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाईटन्सले पञ्जाब किंग्सलई ३ विकेटले पराजित गरेको छ। पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य...
नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच महिला टोली फाईनल प्रवेश गरेको हो।
नेदरल्याण्ड्सले अब उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अमेरिकासँग खेल्ने छ। निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औ मिनेटमा ज्याकी ग्रोएनले नेदरल्याण्ड्सका लागि विजयी गोल गरिन् ।
जितसँगै नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ। स्विडेनले आफ्नो चौथो सेमिफाईनल खेलेको थियो। उउसले अव तेश्रो स्थानको लागी इङल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ अमेरिकासँग पहिलो सेमीफाइनलमा इङल्यान्ड २–१ गोल अन्तरले पराजित भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।