छापा

प्रहरी नै लुटपाटको गिरोह नाइके!

असार १९, २०७६

    काठमाडौं : एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ ।

    इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् । 

    प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए  भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो। गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

    चारैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारका साथै ठगी मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले बताए।

    विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोक्कालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए। उनले आफ्ना दाइ हरि बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै मोबाइल नम्बर दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]