काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र १ किलो सुन फेला परेको छ। भारतको नयाँ दिल्लीबाट...
जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिका ६ र ७ वडाका दुई घरमा बुधवार राति डकैती भएको छ। वडा नम्बर ६ का चन्देश्वर महतो र ७ का रामसुनर महतोको घरबाट करिब १५ लाखको धनमाल लुटेर डाँकाहरुले लगेका छन्।
करिब ९/१० जनाको समूहमा रहेका डाँकाहरु एक किलोमिटरको दुरीमा रहेको महतोद्धयको घरमा एकसाथ लुटपाट सुरु गरेका थिए। लुटपाटमा अवरोध पुर्याएपछि डाँकाको समूहले महतोद्धय परिवारका ५ जनालाई निर्घात कुटपिट समेत गरेका छन्। सबैको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ।
यस्तै डकैती गरेर भागिरहेका एक डाँकालाई स्थानीयले लखेटेर पक्राउ गरेका छन्। लुटेर भाग्ने क्रममा बड्ही खोला नजिकैबाट सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय देवनारायण कापडलाई स्थानीयले पक्राउ गरेको हो।
कापडको साथबाट एक थान पेस्तोल समेत बरामद भएको छ। पक्राउ परेपछि कापडलाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएको छ। अहिले उनको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा भइरहेको बर्दिबासका मेयर बिदुर कार्कीले जानकारी दिए। इलाका प्रहरी कार्यालय बर्दिबासले घटना विषयमा अनुसन्धान सुरु गरिएको र अन्य डाँकाहरु पनि चाँडै पक्राउ पर्ने जनाएको छ।
केहि दिन अघि मात्र महोत्तरीमा डाँका समूहले लुटपाट गर्न पुगेको र अवरोध गर्दा धारिलो हतियारले घाँटी रेटेर एक युवतीको हत्या गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।