काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको ...
नाम दिइयो, नयाँ ‘काका’
१९ वर्षीय पोर्चुगिज फरवार्ड जाओ फेलिक्स विश्वको पाँचौ महङ्गा फुटबल खेलाडी भएका छन्। वेनिफिकाबाट एथ्लेटिको मड्रिडमा १२६ मिलियन युरोमा अनुवन्ध भएसँगै उनी पाँचौँ महङ्गा खेलाडी बनेका हुन्। उनीभन्दा अगाडी पिएसजीका नेयमार, पिएसजीकै केलियन एम्वाप्पे, बार्सिलोनाका फिलिपे काउटिन्हो र उस्मान डेम्बेले छन्।
फेलिक्स एथ्लेटिकोसँग सात वर्ष अनुबन्ध रहनेछन्। फेलिक्सले फुटबल करियर क्लब र्पोटोको एकाडेमीबाट सुरुवात गरेका थिए। उनलाई र्पोटोले सन २०१५ मा फुकुवा गरेको थियो। त्यसपछि वेनिफिकाले आफनो रिर्जभ टिमको सबैभन्दा कम उमेरको सदस्यको रूपमा उनलाई समावेश गर्यो। क्लबबाट उनले १७ सेप्टेम्बर २०१६ मा दोस्रो डिभिजनको प्रतियोगिता लिगा प्रो मा क्लब फ्रेमुन्डविरुद्ध ८३ औ मिनेटमा औरिलो बुटालाई प्रतिस्थापन गर्दै डेब्यु गरे।
गत अगष्टमा सिनियर टोलीबाट डेब्यु गरेका फेलिक्सले वेनिफिकाले पोर्चुगिज लिग जित्दा १५ गोल र ९ एसिस्ट गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा चौथौ स्थानमा रहेका थिए। एथ्लेटिकोमा अनुबन्धनसँगै फेलिक्स दोस्रो महंगा खेलाडी भएका छन्। उनीभन्दा अगाडि फ्रान्सेली फरवार्ड एम्वाप्पेका लागि पेरिस सेन्ट जर्मेनले १८० मिलियन युरो मोनाकोलाई तिरेको थियो। गत मार्चमा सम्पन्न युईएफए नेसनल लिगका लागि पोर्चुगलका प्रशिक्षक फनान्डो सान्तोषले फेलिक्सलाई टिममा बोलाएका थिए।
फेलिक्सले सेमीफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध ७१ मिनेट सुरुवाती ११ बाट मैदानमा बिताउदै पोर्चुगलका लागि डेब्यु थिए। बेनिफिकाको सिनियर टिमबाट डेब्यु गर्ने उनी कम उमेरका खेलाडी बने। सन् २०१८–१९ को सिजनमा बोआभिस्टाविरुद्ध वेनिफिका सिनियर टिमबाट पहिलो पटक खेल्दै ८६ औ मिनेटमा हेडर गोल गरेका थिए। गत अप्रिलमा युरोपा लिगमा फ्रेन्कफ्रट विरुद्ध वेनिफिकाबाट ह्याट्रिक गदै उनी क्लबका लागि सबैभन्दा कम उमेरका ह्याट्रिक गर्ने खेलाडी बने। १९ वर्ष १५२ दिन उमेरमा उनले क्रोएसियन फुटबलर मार्को जाकाको किर्तिमानलाई ६७ दिनले पछि पार्दै आफ्नो नाम लेखाए।
मेक्सिकन हरेरा र ब्राजिलका फेलिप एथ्लेटिकोमा
फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजमेन चालु सिजनमा टिम छाडेर बार्सिलानो जाने भएपछि उनको परिपूर्तिका लागि क्लबले फेलिक्सलाई भित्र्याएको हो। फेलिक्ससँगै बुधबार एथ्लेटिकोले क्लब पोर्टोका अन्य दुई जना खेलाडीलाई समेत भित्र्याएको छ। विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका मेक्सिकन मिडफिल्डर हेक्टर हरेरा र ब्राजिलियन सेन्टर व्याक फेलिपलाई अनुवबन्ध गरेको हो।
२९ वर्षीय हेरेरासँग ३ वषर्को सम्झौता गरिएको छ। उनी पोर्टोसँगको अनुबन्ध समाप्त भएपछि निःशुल्क रुपमा एथ्लेटिकोमा आबद्ध भएका हुन्। यता ३० वर्षीय फेलिपका लागि २० मिलियन युरो एथ्लेटिकोले खर्चिएको छ। क्लबले २३ वर्षीय स्पेनिस मिडफिल्डर रोड्रिलाई बेच्ने भएको छ। रोड्रिको लागि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटील ६२.८ मिलियन पाउन्ड खर्चिने भएको छ।
नयाँ काकाको रुपमा परिभाषित
फेलिक्सलाई पाँच पटकको ‘बालोन डि ओर’ विजेता क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका बर्नाडो सिल्भासँग तुलना गरिएको छ। तर अधिकांश रूपमा उनलाई ब्राजिल तथा एसी मिलान स्टार काकासँग तुलना गरिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पूर्व वेनिफिका तथा पोचुर्गिज फरवार्ड रुइ कोस्टाले नयाँ काकाको रूपमा उनलाई नाम दिएका छन्। ‘ पहिले नै उसलाई मेरो वारिस वा नयाँ काका भनिएको छ।’ उनले भने ‘फेलिक्ससँग खेलको असाधारण समझ र लक्ष्य बुझने दुर्लभ क्षमता छ।’
पूर्व पोर्चुगिज सेन्टर ब्याक कार्लोस् कार्भहाल पनि कोस्टाको तर्कसँग सहमत छन्। उनी भन्छन् ‘उनको विशेषताहरू मेरा विचारमा काका नजिकका छन, उनीहरूले बल चलाउने तरिका, खेल र उनको लक्ष्य उस्तै छन।’ उनी थप्छन्, ‘ फेलिक्ससँग नौ र १० बिचको मिश्रण छ। दोस्रो स्ट्राइकर झै खेल्ने उनी राम्रो हेडर समेत हुन्।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।