समाज

रघुवीरले अनुशासन सिकाउँदै संसदीय समितिलाई भने- हामीलाई बोल्न बाध्य नपार्नू

असार १९, २०७६

    काठमाडाैं : भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास तथा प्रविधि समितिकाे कार्य सञ्‍चालनप्रति आपत्ति जनाएका छन्। बिहीबार राखिएकाे बैठकमा सरकार जुन विषयमा र जाेसँग सम्बन्धित हाे त्यसैसँग उत्तरदायित्व हुने वातवरण बनाउन आग्रह गरे।

    बिहीबारकाे बैठकमा समितिले राष्ट्रिय बैरा संघकाे पनि उपस्थितिका लागि बोलाएपछि मन्त्रीले आपत्ति जनाएका हुन्।

    `केही साथीहरूको तर्फबाट धेरै पहिलेदेखि माग भएअनुसार बाेलाएका छाैँ´ समिति सभापति कल्याणी खड्काले भनेपछि मन्त्री महासेठले बाेल्ने समय मागेका थिए। उनले समिति नम्सभन्दा बाहिर गएर छलफल राखेकाे गुनासाे गरे।

    `सरकार समितिमाथि संसदमाथि जवाफदेही हुन्छ´ महासेठले भने, `स्टेक हाेल्डर राखेर हामीलाई बाेल्न बाध्य नपार्नू, याे नम्सकाे कुरा हाे जस्ताे लाग्दैन´
    मन्त्रीले आपत्ति जनाएसँगै प्रतिनिधिलाई उपस्थिति गराइएन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]