अर्थ

सांसद रंगमतीले भनिन् : मास्क नलाइ स्कुटरमा बनस्थली घुम्‍ने मन्त्री कोही छ?

असार १९, २०७६

    काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूले काठमाडौंमा धुलो कम भएर मास्क लाउनु नपरेको बताएपछि सांसदहरूले सडकमा हिँड्न चुनौती दिएका छन्। मन्त्रीहरुलाई मास्क नलगाइ काठमाडौंको सडकमा हिँडेर देखाउन उनीहरुले मन्त्रीहरुलाई चुनौती दिएका हुन्।

    बिहीबार बसेकाे संसदकाे विकास तथा प्रविधि समितिमा सांसद रंगमती शाहीले यस्ताे चुनाैती दिइन्। उनले समितिको बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई आफ्नै स्कुटर पछाडि राखेर बनस्थलीसम्मको यात्रा गराउन तयार रहेको बताइन्। 

    'भन्‍न हुने हाे वा होइन, प्रधामन्त्रीले काठमाडौंमा माक्स लगाउन नपर्ने बताउनुभएकाे छ,´ सांसद शाहीले भनिन् ` म स्कुटर चलाउँछु, मेराे स्कुटर पछाडि चढेर बनस्थलीसम्म मन्त्रीलाई यात्रा गराउन चाहन्छु।' 

    उनले मन्त्री आफैंले काठमाडौँको सडकमा मास्क नलगाइ हिँडेको दिन प्रधानमन्त्रीको भनाइ जनताले पत्याउने उल्लेख गरिन्। यथार्थ नबुझी बाेल्ने प्रधानमन्त्री-मन्त्रीको बानीले जनतामा भ्रम फैलिएको जिकिर शाहीले गरिन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]