समाज

अर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्‍यो

असार १९, २०७६

    अर्घाखाँची : सन्धिखर्क नगारपालिका–७ सुपादेउराली मोडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ४ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान ३ धारापानीका जिप चालक ५५ वर्षीय सुमन्त भुसाल र मालारानी ३ गुनाखर्कका ३७ वर्षीय रुद्रप्रसाद भुसाल छन् भने अन्य एकजनाको शनाखत हुन सकेको छैन। 

    अरू दुईजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले जनाएको छ। दुईजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो। घाइतेहरु चारै जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

    घाइतेमध्ये एकजनालाई आफन्तले प्राथमिक उपचारपछि बुटवल लगिसकेको र बाँकी ३ जनालाई पनि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना ग्रस्त भएको हो। 

    अर्घाखाँचीमा जिप दुर्घटना २ जनाको मृत्यु 


सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]