समाज

झापामा ५ लाख मूल्य बराबरकाे औषधि बरामद

असार १९, २०७६

    भद्रपुर, (झापा) : नेपालमा प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीको औषधि भित्रिने क्रममा अझै रोकिएको छैन। झापाका स्थानीय युवालाई प्रयोग गरेर नेपाली बजारमा भित्राउने ओरियन्स कम्पनीको आयुर्वेदिक औषधि झापाका सीमावर्ती नाकाबाटै भित्रिने गरेको पाइएको छ।

    यसै क्रममा प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी पाँच लाख मूल्य बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्राइएको ओरियन्स कम्पनी लेखिएको विभिन्न किसिमका दुई कार्टुन औषधि बरामद गरेको हो। बरामद गरिएको औषधिको बजार मूल्य अन्दाजी ५ लाख रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। बरामद गरिएको औषधिलाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाउने उनले बताए। 

    पछिल्लो समयमा ओरियन्स कम्पनीका भारतीय एजेन्टहरूले नेपाली युवायुवतीलाई रोजगारीको प्रलोभनमा पारेर अवैध रूपमा औषधि भित्र्याउने गरेको प्रहरी स्रोतको दाबी छ। भारतीय एजेन्टहरूले झापाका विभिन्न स्थानमा आएर नेपाली एजेन्टमार्फत यस्तो अवैध कारोबार सञ्चालन गर्दै आइरहेको छ। यस्तो अवैध कारोबार रोक्न प्रहरीले सीमा क्षेत्रमा ती कम्पनीका औषधि बरामद गरे पनि भित्रिने क्रम अझै रोकिएको छैन। 

    सीमाक्षेत्रबाट अवैध रूपमा नेपाल भित्रिने औषधि मात्र नभएर अन्य तस्करी गतिविधि रोक्न प्रहरीले जिल्लाभर अभियानै सुरु गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनालीले बताए।

    ‘प्रहरीले भारतीय औषधि भित्र्याउने गिरोहको खोजीमा लागि परेको छ’, एसपी मैनालीले भने, ‘पक्राउ परेपछि त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न प्रहरी पछि हट्दैन।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]