खेलकुद

चेल्सीको प्रमुख प्रशिक्षकमा फ्रांक लाम्पार्ड

असार १९, २०७६

    एजेन्सी : इङ्लिस क्लब चेल्सीले आफ्ना पूर्वस्टार मिडफिल्डर फ्रांक लाम्पार्डलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

    यो सिजन युरोपा लिगको उपाधि जिताएका मायुरज्यो सार्री इटालियन क्लब युभेन्ट्स गएपछि उनको स्थानमा च्याम्पियन्स क्लब डर्बीका प्रशिक्षक लाम्पार्डलाई चेल्सीले स्टामफोर्ड ब्रिजमा प्रमुख प्रशिक्षक नियुक्त गरेको हो। 

    रसियन मालिक रोमन इब्राहिमोबिचले ४१ वर्षीय लाम्पार्डलाई चेल्सीको प्रमुख प्रशिक्षक नियुक्त गर्ने क्रममा तीन वर्षको सम्झौता गरेका छन्।

    यसअघि लाम्पार्ड खेलाडीका रुपमा रहँदा चेल्सीले तीनवटा प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

    सारीले युरोपा लिग उपाधि दिलाएर युभेन्ट्स गएपछि वेस्ट लण्डन क्लबको गति त्यो भन्दा पनि तीव्र बनाउनुपर्ने जिम्मेवारी लाम्पार्डमाथि छ। 'चेल्सीको प्रमुख प्रशिक्षकमा नियुक्त  हुन पाउँदा मलाई गौरव लागेको छ', तीन वर्षे सम्झौतामा हस्ताक्षर गर्दै उनले बिहीबार भनेका छन्। 

    चेल्सीमा १३ वर्ष रहँदा लाम्पार्ड ६४८ खेल खेलेका थिए । जसमा उनले २२१ गोल पनि गरेका थिए । लाम्पार्डले १५० गोलका लागि साथीलाई अवसर दिलाएको रेकर्ड पनि छ। 

    चेल्सीमा खेलाडीका रुपमा उनले तीनवटा प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, एउटा युरोपा लिग, चारवटा एफए कप र २ वटा एफए कपको उपाधि जितेका थिए। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]