रौतहट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो र कमजोर ठान्ने भुल नगर्न चेतावनी दिएका छन्। नेकपा एसलाई सानो...
पोखरा : गण्डकी प्रदेशसभाका प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गण्डकी सरकारमा मन्त्रीपरिषदमा फेरबदल गर्नुपर्ने बताएका छन्। ‘नेपालको केन्द्र सरकारमा मन्त्री मण्डल हेरफेरको हावा ब्यापक रुपमा चलेको छ।
मन्त्री मण्डल हेरफेरको लागि नेकपाका दुईवटा अध्यक्ष्यबीच सहमति भइसकेको सुनिन्छ। अब हामी हाम्रो गण्डकी प्रदेशमा पनि मन्त्रिपरिषद हेरफेरको अभ्यासको थालनी गर्ने होकी?’
रबिन्द्रको क्षेत्रको उपनिर्बाचन लक्षित बजेट छुट्याइयो
कास्कीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद थापाले रविन्द्र अधिकारीको क्षेत्रको चुनावलाई लक्षित गर्दै बजेट ल्याइएको आरोप लगाए। बिहीबार संसदमा विनियोजन विधेयक २०७६/०७७ माथिको छलफलअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को शीर्षकमा बोल्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन्।
‘बजेट पक्षपातपूर्ण छ र खराब मनोभावनाले ग्रसित भएर आएको छ,’ उनले भने, ‘बजेट चुनावमुखी र पार्टीमुखी छ। कात्तिक निर्वाचन क्षेत्र २ मा सम्भवत आउँदो कात्तिकसम्ममा उपनिर्वाचन हुँदैछ। त्यैसैलाई केन्द्रभागमा राखेर यो नीति तथा कार्यक्रम आएको छ।’
सांसद थापाले सरकारले सत्तापक्षी र विपक्षी सांसदबीच भेदभावपूर्ण ब्यवहार गर्ने गरेको पनि बताए। ‘सत्तापक्षका माननीय ज्यूहरूलाई उहाँहरूले मागेको योजनाहरू र मैले मागेको योजना हेर्यौँ भने कतिसम्म तल झरेर अन्यायपूर्ण तरिकाले काख र पाख गरिएको भन्ने त्यो सत्तापक्षको आँखाबाट देखिँदैन।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।