काठमाडौँ : विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास अप्रिल १९ देखि शुरु हुने डेढ महिना लामो चुनावमा करिब १ अर्ब भारतीय मतदाताले नयाँ ...
उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच परमाणु मुद्दामा छलफल जारी रहे पनि अमेरिकाले शत्रुतापूर्ण व्यवहार नत्यागेको भन्दै असन्तुष्टि जनाएको छ।
संयुक्त राष्ट्रमा कुरा राख्दै उत्तर कोरियाका दूतले उत्तर कोरियाविरुद्ध अमेरिकाको निषेधात्मक रवैया उस्तै रहेको बताएका हुन्। 'उत्तरको कोरियामाथि प्रतिबन्ध लगाउने धुनमा रहेको अमेरिकाको व्यवहारले कोरियाली प्रायद्विपको शान्ति प्रक्रिया बिग्रन सक्छ', ती दूतले भने।
गत आइतबारमात्रै उन र ट्रम्पबीच उत्तर कोरियाकै भूमिमा वार्ता भएको थियो। एक घण्टा चलेको उक्त वार्तामा दुवै नेता परमाणु निरस्त्रीकरणको छलफल पुनः शुरु गर्न राजी भएका थिए। उक्त भेटवार्ताको एकसाता नबित्दै उत्तर कोरियाका प्रतिनिधिले अमेरिकी रवैया जस्ताको तस्तै रहेको टिप्पणी गरेका हुन्।
के गर्यो अमेरिकाले?
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाका दूतले उत्तर कोरियाले पेट्रोलियम पदार्थ आयातका लागि सन् २०१७ का कायम गरिएको सीमा नाघेको आरोप लगाएका थिए। अमेरिकी दूतको आरोपमा प्रतिक्रिया दिँदै उत्तर कोरियाली दूतले अमेरिकाको 'शत्रुतापूर्ण व्यवहार' यथावत रहेको बताएका हुन्। साथै ती दूतले उत्तर कोरियामाथि अतिरिक्त प्रतिबन्ध लगाउनुपर्ने भनी अमेरिका, फ्रान्स, जर्मनी र ब्रिटेनले संयुक्त राष्ट्रसंघलाई लेखेको पत्रको पनि आलोचना गरे। उक्त पत्रमा विदेशमा रहेका उत्तर कोरियाली कामदारलाई घर फर्काउनसमेत माग गरिएको थियो।
'एकातिर ट्रम्प शिखर वार्ताको प्रस्ताव गर्छन्, अर्कोतिर अमेरिका संयुक्त राष्ट्रसंघलाई चिठी लेख्दै उत्तर कोरियामाथि थप प्रतिबन्धको माग गर्छ,' उत्तर कोरियाली दूतले भने, 'यस्तो दोहोरो खेल खेल्ने काम भएको छ। प्रतिबन्धलाई सबै समस्याको समाधान वा रामवाण भन्ठान्नु हास्यास्पद छ।'
उत्तर कोरियाको यो टिप्पणीप्रति अमेरिकाको प्रतिक्रिया आइसकेको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।