काठमाडौं : देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बि...
रौतहट : रौतहटको वीरेन्द्र राजमार्गअन्तर्गत गौर— चन्द्रनिगाहपुर सडकमा भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बिहीबार दिउसो गौर नगरपालिका-६ सबगढाटोलबाट गौरतर्फ आउँदै गरेको BR 30 w 0791 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा यमुनामाई गाउँपालिका-१ जेठरहियाका ७५ वर्षीय जनक बैठाको मृत्यु भएको हो।
दीपक कुमार साहले चलाएको मोटरसाइकलले गौरको दालमिलस्थित पैदलयात्री बैठालाई ठक्कर दिएको थियो। घाइते बैठाको गण्डक अस्पताल प्रा. वीबीरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। प्रहरीले चालक तथा मोटरसाइकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।