समाज

भारतलाई सरकारको जवाफ : नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं

फोटो : रासस
असार १९, २०७६

    काठमाडौं :  सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ। 

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्। 

    आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै भारतीय दूतावासले केही दिन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो । दूतावासले लेखेको पत्रमा नरकारी आयात प्रक्रिया निर्वाध सुचारु गराउन आग्रह गरिएको थियो । यही सन्दर्भमा मन्त्री बास्कोटाले सरकारको धारणा ल्याएका हुन्। 

    'तरकारी तथा फलफूल चेकजाँच नियमित प्रक्रिया हो । यसमा अरु कुनै कारण छैन', बास्कोटाले भने, 'नागरिकको स्वास्थ्यको कुरा भएकाले चेकजाँच हुनु राम्रो हो। प्राविधिक समस्या परेको भए हल गर्छौं।'

    मन्त्री बास्कोटाले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबै कुरा विषादीरहित हुनुपर्ने अडान राखे। उनले चीन र भारत जहाँबाट आए पनि विषादीरहित तरकारी आउनुपर्ने दोहोर्‍याए। 

    'नागरिकको स्वास्थ्यका लागि यो चेकजाँच गर्नु कुरा राम्रो हो । यो त सबैले गर्दा राम्रो हुन्छ', उनले भने, 'त्यसमा कुनै प्राविधिक सामाग्रीको कारणले झन्झटिलो भएको भए सहज बनाउनुपर्छ । हामी त्यसो गर्न तयार छौँ।'

    मन्त्री बास्कोटाले कुनै पनि देशले कसैको पनि स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए । 'न हाम्रो उत्पादनले भारतीयको स्वास्थ्यको खेलबाट गर्न मिल्छ। न भारतीय उत्पादले नेपालका नागरिको स्वास्थयमा खेलबाड गर्न मिल्छ', उनले भने, 'यसबारेमा दुवै सरकार संवेदनशील हुनुपर्छ, यो पहिलो शर्त पनि हो।'

    विषादीरहित तरकाी उत्पादनमा उत्पादक सजग हुनुपर्ने उनले बताए। 'उत्पादकसँगै व्यापारी पनि विषादीरहित तरकारीका लागि संवेदनशील हुनुपर्छ', उनले अगाडि थपे, 'यसमा अरु विषय जोड्नु हुँदैन।'

    किन रोकियो तरकारी 

    केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो । 

    सरकारको निर्णायनुसार उद्योग वाणिज्य मन्त्रालयले भारतसहित तेस्रो मुलुकबाट आयात हुने रेडबुलसहितका पेय पदार्थमा पनि सरकारले प्रतिबन्ध लगाएको छ। शक्तिवर्द्धक पेय पदार्थमा प्रतिबन्धसँगै तरकारीमा विषादी पनि जाँच थालिएको हो। 

    भिडियो

    सरकारले भारत र तेस्रो मुलुबाट आइरहेको तरकारी र फलफूल भन्सार बिन्दुमै क्‍वारेन्टाइन र  विषादीको अवशेष परीक्षण गरिरहेको छ। सरकारले गरेको निर्णयानुसार सुनौली, वीरगन्ज, विराटनगर, नेपालगञ्ज र काँकडभिट्टासहितका नाकाबाट आउने तरकारी र फलफूल परीक्षण भइरहेको छ। परीक्षणका क्रममा विषादी नभएको कागजात नेपाली अधिकारीले दिएपछि मात्रै भारतीय तरकारी नेपाल छिर्न पाउँछन्। 

    भारतीय दूतावासको चासो

    सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमामा कडाइ गरेको छ। तर यसमा भारतले आपत्ति जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले विषादीयुक्त तरकारी र फलफूल जाँच प्रक्रिया तत्काल हटाउन नेपाल सरकारलाई दबाब दिएको हो। 

    नेपालले भारत र तेस्रो मुलुकबाट तरकारी, फलफूल आयात गरिरहेको छ। तरकारी र फलफूल विषादीयुक्त भएको पाइएएपछि सरकारले भन्सारमै चेकजाँच गरिरहेको छ। नेपालले चेकजाँच गरेपछि सीमामै तरकारी कुहिने अवस्था आएपछि दूतावासले सरकारलाई दबाब दिएको थियो। 

    दूतावासले पत्र लेखेर  निर्वाध खाद्यान्न र तरकारी भित्रिन दिन भनेको थियो । दूतावासका अधिकारीहरुले सरकारलाई यसमा दबाब पनि दिइरहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]