काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। निजी क्षेत्रलाई विश्वासमा नलिएसम्...
काठमाडौं : निर्यात प्रवर्द्धन तथा वैदेशिक लगानीलाई भित्र्याउने मुख्य उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सले आगामी फागुनको दोस्रो साता ‘नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्ने भएको छ।
नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुनको १३ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो। यस वर्ष भने एक्स्पोमा उपभोक्ता हितसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई पनि समावेश गर्ने तयारी गरिएको नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए।
एक्स्पोमा २ सय ५० वटाभन्दा बढी स्टल रहने र त्यसमा ९० स्टलमा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ५ दिनसम्म चल्ने एक्स्पोमा भारत, चीन, जापान, फ्रान्सलगायत मुलुक सहभागी हुने पनि नेपाल चेम्बर अफ कमर्शले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।