काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
मोरङ : विभिन्न धनमालसहित नगद चोरी गरेको अभियोगमा उर्लावारी नगरपालिका ३ मंगलaरे बस्ने २० वर्षीय सुनिल विकलाई प्रहरीले पक्राउ गरेकाे छ। सुनिललाईपथरी शनिश्चरे नगरपालिका १ स्थित लोकमार्गबाट बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हाे।
असार १३ गते राति पथरी शनिश्चरे नगरपालिका २ स्थित त्रिभुज चोकस्थित घरमा राखेको नगद एक लाख ७२ हजार रुपैयाँ, मोबाइल २ थान, घडी १ थान र एनएमबी बैंकको चेक १ थान हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी अगाडि बढाएकाे थियाे।
पथरी शनिश्चरे नगरपालिका १ स्थित राजमार्गमा शंकास्पद रुपमा हिँडिरहेका सुनिलकाे साथबाट नगद ८७ हजार ७४० रुपैयाँ, सरिता लिम्बूको नाममा रहेको एनएमबी बैंकको चेक १ थान र मोबाइल १ थानसहित पक्राउ गरेको हो।
पक्राउ परेका सुनिललाई चोरी तथा डाँकासम्बन्धी कसुर बमोजिम प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।