समाज

फार्ममा आगो लाग्दा २८ बस्तु मरे

प्रतीकात्मक तस्विर
असार २०, २०७६

    तनहुँ : शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको फार्ममा आगलागी हुँदा २८ बस्तु मरेका छन्। स्थानीय रामकली भण्डारीको गोठमा गएराति १०ः३० बजे आगलागी हुँदा १३ भैँसी र १५ खरायो मरेका हुन्।

    पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए। 
     
    आगलागी हुँदा अन्य तीन भैँसी घाइते भएका छन्। खरले छाएको दुई वटा गोठ जलेका छन्। दुई वटा टौवामा रहेको करीब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ।

    स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएपछि राति करिब १ बजे सदरमुकाम दमौलीबाट गएको दमकलले आगो निभाएको थियो।  आगलागीको कारणबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]