समाज : सुरक्षा/अपराध

टिपरको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

असार २०, २०७६

    अर्घाखाँची : टिपरको ठक्करबाट अर्घाखाँची सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको छ। 

    दुर्घटनामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते भएकी छन्। दुर्घटनामा परि कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन सामान्य घाइते भएका छन्।

    कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सालाई ठक्कर दिदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको पथ्थरकोट प्रहरीले जनाएको छ। घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]