काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने ४ वटै टोलीको छिनोफानो भएको छ। समूह चरणका अन्तिम खेलहरु सकिएसँगै सेमिफाइनल प...
काठमाडौं : मलेसियामा जारी यु १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ। रीत गौतमको शतक र कुशल मल्लको अर्धशतक मद्धतमा एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको थियो।
तर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटिएपछि नेपालले फराकिलो जित दर्ता गराएको हो । फराकिलो जित निकालेको नेपाल समुह 'ए' को विजेता भएको छ ।
नेपालले अब आगमी सोमबार समुह 'बी' को उपविजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । सिंगापुरका लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।