काठमाडौँ : चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभ...
काठमाडौं : जर्मनले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
अर्थसचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदूत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालको दूर्गम क्षेत्रको सौर्य ऊर्जा, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिए।
कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदूत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताए। जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।