अर्थ

डिजिटल भुक्तानीका लागि लुम्बिनी बैंक र खल्ती वालेटबीच सम्झौता

असार २०, २०७६

    काठमाडौं : लुम्बिनी बैंकका ग्राहकलाई खल्ती एप्सको सुविधा प्राप्त हुने भएको छ। डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि ‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

    यस सम्झौताअनुसार अब लुम्बिनी विकास बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी तथा बैंकका ६५ वटै शाखामा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ। 

    खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्न सकिन्छ। हालसम्म खल्ती प्रयोगकर्ताको संख्या ८ लाख  पुगेको दाबी गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]