विश्व

१ सय २५ जनाको मृत्युपछि इराकमा ३ दिने राष्ट्रिय शोकको घोषणा

असार २०, २०७३

    एजेन्सी : इस्लामिक स्टेटको आक्रमणमा परी १ सय २५ जनाको मृत्यु भएपछि इराक सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । 

    शनिबार साँझ इराकको व्यापारिक क्षेत्र कराडामा भएको आत्मघाति कार बम बिस्फोटमा परी कम्तिमा १ सय २५ जनाको मृत्यु भएको छ भने कम्तिमा १ सय ५० जना घाइते भएका छन् । 

    कराडा क्षेत्र मूख्य रूपमा सियाहरूको बसोबास भएको र रमदानको समय भएका कारण किनमेलका लागि भीड भएको अवस्थामा रेफ्रिजेरेटर बोक्ने भ्यानमा राखिएको बिस्फोटक पदार्थ बिस्फोट गराउँदा उक्त घटना भएको हो । इस्लामिक स्टेटले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । 

    इराकी प्रधानमन्त्री हैदर अल आबादीले आइतबार घटनास्थलको निरीक्षण गरेका थिए । उक्त क्रममा जनताले उनको विरोध गरेका थिए । पछिमात्र उनले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका थिए । 

    शहरको अन्य सिया समुदायको बसोबास रहेको क्षेत्रमा शनिबार मध्य रातमा भएको बिस्फोटमा ५ जनाको मृत्यु भएको थियो । कराडामा भएको यो आक्रमणको यो वर्षको सबैभन्दा ठूलो आक्रमण हो । यो आक्रमण इराकी सेनाले इस्लामिक स्टेटको कब्जामा रहेको फलूजा शहर आफ्नो कब्जामा लिइएपछि गरिएको हो । 

    आक्रमणमा परी १५ बालबालिका र ६ प्रहरी पनि मारिएका छन् भने कम्तिमा १२ जना बेपत्ता रहेका छन् । उनीहरू पनि मारिएको आशंका गरिएको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]