अर्थ

शिविर सञ्चालन गरेर कर संकलन

साउन १७, २०७६

    गुल्मी : आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाले  गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा शिबिरबाट कर संकलन गर्न सुरु गरेको छ।

    शुक्रबार र शनिबार २ दिनसम्म तम्घासमा विभिन्न व्यवसायीको राजस्व तथा आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको कार्यालयबाट हुने सेवाको लागि शिविर राखिएको कर अधिकृत सागर पोखरेलले बताए। शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिवर्तन,अन्तशुल्क संकलन जस्ता काम गरिएको कर अधिकृत पोखरेलले बताए।

    शुक्रबार पहिलो दिन झण्डै पाँच सय व्यवसायीले विभिन्न सेवा लिएका छन्। गुल्मी जिल्लाका व्यवसायीलाई यसरी जिल्लामा आई कर संकलन गरिदिएकोमा समय र पैसाको बचत भएको गुल्मी उधोग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए।  शिविर शनिबारसम्म चल्ने छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]