समाज

बाढीपहिरोको समयमा के गर्दैछ सरकार? सांसद भन्छन् - जनता डुब्छन्, सरकार हेलिकप्टर उडाउँछ

असार २०, २०७३

    काठमाडौं : सरकारले विपदमा उद्दार गर्न नेपाली सेनाका लागि तीनवटा हेलिकप्टर खरिद गर्ने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले बाढी पहिरो जस्ता विपदको समयमा उद्दार गर्न नेपाली सेनाका लागि तीनवटा हेलिकप्टर किन्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

    संसदको राज्य व्यवस्था समितिको बैठकमा सोमबार उपप्रधानमन्त्री रावलले सम्भावित विपद्लाई ध्यानमा दिई नेपालगन्ज, काठमाडौं र विराटनगरमा सेनाको हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले विपद सामना गर्ने क्षमता सरकारसित रहेको दावी गरे।

    यसवर्ष वैशाख १ गतेदेखि हालसम्म बाढी पहिरोबाट ३२ को मृत्यु, १५ बेपत्ता, ४८ जना घाइते भएका छन्। त्यस्तै १०४ घर पूर्ण क्षति र १५७ घर आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ। यसैगरी चट्याङबाट ६२ को मृत्यु, १३६ जना घाइते, तीन घर क्षति र सात घरमा आंशिक क्षति भएको छ। 

    समितिको बैठकमा सरकारले १३ बुँदे कार्ययोजना पेश गर्दै आवश्यक न्यूनतम सामग्री तयार गरी खोज तथा उद्धारका लागि २४ घन्टा तयारी अवस्थामा रहने, सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने, राहत सामग्रीको भण्डारण गर्ने, जिल्ला दैवी प्रकोप राहत कोषमा न्यूनतम रकम राख्ने बताएको छ।

    गृहमन्त्री शक्तिबहादुर बस्नेतले विपद्को खबर आउनासाथ छिटोभन्दा छिटो सुरक्षा निकायलाई तत्काल परिचालन गरी खोज, उद्धार तथा राहत वितरणको व्यवस्था मिलाइएको बताए। उनले सरकारको स्रोत साधनले भ्याएसम्म विपद्का समयमा हेलिकप्टर प्रयोग गर्ने गरिएको स्पष्ट पार्दै यसको दुरुपयोग नहोस् भन्नाका लागि गृहमन्त्रालय सचेत रहेको जानकारी दिए।

    “सम्भावित बाढी, पहिरो र डुबानलाई ध्यान दिई यसबाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यून गर्न सरकार प्रतिबद्ध छ” गृहमन्त्री बस्नेतले भने। 

    बैठकमा अधिकांश सांसद्ले सरकारले विपद्लाई व्यवस्थापन गर्न ‘यो गर्छु त्यो गर्छु’ भनेर कागजी भाषण मात्र गर्ने गरेको आरोप लगाए। उनीहरुले बाढी आउँछ, जनता डुब्छन् सरकार उद्धारका नाममा आकाशमा हेलिकप्टर उडाउँछ यस्तो प्रवृत्तिले कसरी काम हुन्छ? भन्ने प्रश्न गरे।

    राससको सहयोगमा

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]