काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
पोखरा : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडको एक सपिङ कम्पेक्सबाट सल्किएको आगो नियन्त्रणमा आएको छ। भाटभटेनी सुपर मार्केटनजिकै रहेको एस मिनीमार्केटमा रहेको विभिन्न फर्निचरको सामान पाइने पसलबाट आगो करिब २ घण्टा पछि नियन्त्रणमा आएको छ।
सल्किएको आगो करिब पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको थियो। आगलागीको कारण खुल्न सकेको छैन। उक्त मिनिमार्केटमा २३ वटा सटर थिए सबै पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ। ‘अहिले आगो नियन्त्रणमा आएको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले भने,‘२३ वटा सटर पुर्ण रुपमा नै आगोले ध्वस्त भएको छ। क्षतिको एकिन गर्नै सकिएको छैन।’
ब्यवसायीले भने १० करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको बताएका छन्। चार वटा दमकल, केहि ट्यांकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।