अर्थ

लो-भोल्टेज विद्युतकाे समस्या समाधान गर्न उद्योगीको माग

साउन २८, २०७६

    विराटनगर : उद्योग संगठन मोरङले विराटनगर क्षेत्रमा विद्युतको समस्या समाधान गर्न आग्रह गरेको छ। यस क्षेत्रका उद्योगी-व्यवसायी र नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुखलगायतको उपस्थितिमा मंगलबार समस्या समाधानबारे छलफल भएको हो।

    छलफल संगठनका अध्यक्ष भीम घिमिरेले विद्युत प्राधिकरणको औद्योगिक लोडसेडिङ र ट्रिपिङको कारण उद्योगी-व्यवसायी आक्रान्त भएको बताए। बारम्बार विद्युत अवरुद्धले एकतर्फ उत्पादनमा ह्रास आइ कच्चा पदार्थ खेरगइरहेको छ भने अर्काेतर्फ उद्योगका मेशिनरी बिग्रनाले उद्योगमा ठूलो क्षति भइरहेको बताए। 

    विद्युत प्राधिकरणले समस्या सामाधान नगरे उद्योगी-व्यवसायीले उद्योग बन्द गरेर चावी विद्युत प्राधिकरणलाई चेतावनी दिएका छन्। अध्यक्ष घिमिरेले विद्युतकोे अवस्थाका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, उत्पादन लागत वृद्धि भइरहेकोले विद्युतको समस्या समाधान गर्न माग गरे।

    संगठनका उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुरानाले विद्युतको कारणले गर्दा उद्योग-व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या अविलम्व समाधान गर्न अनुरोध गरे।

    सुनसरी-मोरंग औद्योगिक करिडोरमा दैनिक दशदेखि १५ पटकसम्म विद्युत कटौतीको समस्याले उत्पादनमा ठूलो क्षति व्यहोर्नु परेको उनीहरूको भनाइ थियो।
    विद्युत प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत चेन्जओभर गर्नुपर्ने भएकाले पटक-पटक विद्युत अवरुद्ध हुने गरेको बताए।

    शाखा प्रमुख सिंहले केही दिनअघि आएको बाढीका कारण विद्युत प्राधिकरणलाई ठूलो क्षति हुनुका साथै ठाउँ-ठाउँमा विद्युतको पोलका साथै रुखहरू विद्युत लाइनमा ढल्नाले वितरण प्रणालीमा समस्या आएको बताए। 

    दुहवी ग्रिड प्रमुख रेवतकुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरू लामो दूरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यस क्षेत्रको उद्योगहरूमा सप्लाई गरिएको विद्युतमा भोल्टेज ड्रप हुने समस्या समाधानका लागि प्राधिकरणले कार्यप्रारम्भ गरिसकेको जानकारी गराए। उनले कतिपय समस्याकोे समाधान केन्द्रबाट मात्र हुने. भएकाले केन्द्रमा समेत पहल गर्न संगठनलाई अनुरोध गरे। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]