राजनीति

महाधिवेशनको मिति तोक्ने माओवादी केन्द्रको तयारी

असार २१, २०७३

    काठमाडौं- नेकपा माओवादी केन्द्रले महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ। आज बस्ने पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तोक्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो।

    गएको ८ गते बसेको माओवादी केन्द्रको कार्यालय बैठकले आउँदो माघ महिनासम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो। महाधिवेशन आयोजक समिति ठूलो आकारको भएको भन्दै आलोचना भएपछि केन्द्रमा केन्द्रीय समितिको संख्या घटाउन दबाब परेको छ। प्रवक्ता भुषालका अनुसार आजको बैठकमा संगठनात्मक संरचनाका विषयमा पनि छलफल हुनेछ।

    नेता वर्षान पुन अनन्त नेतृत्वको कार्यदलले महाधिवेशनबाट १ सय ५१ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय प्रदेश समिति, ७५ जनासम्मको जिल्ला समिति, ५१ जनासम्मको गाउँ तथा नगर समिति र २५ सदस्यीय वडा समिति बनाउने सुझाव पेश गरेको छ। सुझाव पारित भएमा माओवादीमा केन्द्रीय नेता बन्न जिल्लास्तरबाट चुनिएर आउनु पर्नेछ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]