प्रवास

मलेसियामा मृत्यु भएका रामबहादुरको शव ल्याउन समस्या

असार २१, २०७३

    जाजरकोट : “हामी गरीबलाई के थाहा र! कमाइ गर्न गएको छोरो कहाँ काम गर्थ्यो? कस्तो कम्पनीमा काम गर्थ्यो?” 

    मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र?”

    वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि शव ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ। रामबहादुरका बाबु कलेले शव कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाहा नभएकाले आवश्यक पहल गरिदिन सरकारसँग माग गरेका छन्। 

    जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका लागि लक्की ओभरसिज काठमाडौं म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लिनिङ सर्भिस कम्पनीमा पठाएको थियो। 

    सो कम्पनीमा वैदेशिक रोजगार संस्थाले भने जस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनले अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले। श्रीमतीको नाममा पैसा पठाएर फर्किंदा मोटरसाइकल दुर्घटना परी घाइते भएका रामबहादुरको अस्पतालमा उपचार हुँदै गर्दा यही असार ११ गते ज्यान गएको हो। 

    कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकाले लास नेपाल ल्याउन समस्या भएको छ। रामबहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली ५० हजार रुपैयाँ पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र परीक्षणको प्रतिवेदनसम्म नदिएको बाबु कलेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]