काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
उर्लाबारी (मोरङ) : उर्लाबारीमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा उनकी छोरी गम्भीर घाइते भएकी छन्। बिहान साढे ११ बजे उर्लाबारी– १ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को ४ प ४७४३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ४७ प ३९३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक मोरङकै पथरीशनिश्चरे– २ की ३५/४० वर्षकी कविता धिमालको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचारका क्रममा बिहान पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए।
दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी १७ वर्षीया छोरी अनिशाको अरनिको अस्पतालमै उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।