राजनीति

माओवादीका प्रदेश इन्चार्जहरुको ठहरः जम्बो समितिले उत्साह घटायो

असार २१, २०७३

    काठमाडौं : फुटेका माओवादीको एकतापछि गठित नेकपा माओवादी केन्द्रका सात प्रदेश इन्चार्जहरुले जम्बो महाधिवेशन आयोजक समितिका कारण कार्यकर्तामा उत्साह आउन नसकेको निष्कर्ष निकालेका छन्। मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो बैठकमा रिपोर्टिङ गर्दै सात प्रदेशका इन्चार्जहरुले एकतापछि बनेको जम्बो समितिका कारण कार्यकर्तामा उत्साह घटेको बताएका हुन्।

    ‘सातै प्रदेशका इन्चार्जहरुले पार्टीको जम्बो समितिका कारण जनस्तरमा निरासा पैदा भएको निष्कर्ष निकाल्दै आफ्नो रिपोर्टिङ सुनाएका छन्’, बैठकपछि माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यले भने, ‘एकतापछि कार्यकर्तामा देखिनुपर्ने उत्साह जम्बो समितिका कारण देखिएन भन्ने उहाँहरुको निष्कर्ष छ।’

    बैठकमा प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले एकताले सबैतिर एकखाले उत्साह छाए पनि पार्टीको जम्बो केन्द्रीय आयोजक कमिटिका कारण उत्साहसँगै निरास थपेको सुनाएका थिए।

    त्यससँगै प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादव, ३ का रामबहादुर थापा बादल, ४ का देव गुरुङ, ५ का वर्षमान पुन अनन्त, ६ का जनार्दन शर्मा प्रभाकर र ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले पनि जम्बो समितिप्रति जनस्तरबाटै विरोध भएको र कार्यकर्तामा एकताले उत्साह ल्याउन नसकेको बताएका थिए। उनीहरुको रिपोर्टिङमाथि बुधबारको बैठकमा छलफल हुनेछ।

    बैठकमा महाधिवेशनलाई केन्द्रित गरी निर्वाचन कार्यविधि र संगठनात्मक कार्यविधिको प्रस्ताव पेश भएको छ। संगठन समायोजन समितिका संयोजक वर्षमान पुन नेतृत्वको कार्यदलले पार्टी नेतृत्वमा १० प्रतिशत नघट्ने गरी समानुपातिक प्रावधान लागू गर्नुपर्ने र आगामी माघमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

    संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलको प्रतिवेदन प्रस्तुत गरिएको र बुधबारको बैठकमा त्यसबारे छलफल गरिने केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकरी दिइन्। सम्मेलनको कार्यतालिका, महाधिवेशनको मिति, केन्द्रीय संगठनात्मक संरचना, राजनीतिक परिस्थितिलगायतका विषयमा बुधबारको बैठकमा छलफल गरिने माओवादी केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]