समाज

शशांकको उपचार गर्ने डाक्टरले भने - अहिले विदेश पठाउन सकिदैन

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा. लव जोशी लगायत चिकित्सक पत्रकार सम्मेलनमा। फोटोः दिपक केसी
असार २२, २०७३

    काठमाडौं  : विरामी भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई उपचारका लागि विदेश पठाउन नसकिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

    काठमाडौं चाबहिलको ओम अस्पतालमा भर्ना गरिएका कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी विदेश लैजान सक्ने अवस्था नभएको बताएका हुन्।  उपचारमा संलग्न ओम अस्पतालका आइसियु इन्चार्ज तथा प्रवक्ता डा. लवनरसिंह जोशीले कोइरालालाई अस्पतालबाट निकालेर एयरपोर्टसम्म पनि लैजान नसकिने बताए। 

    'अहिले उहाँलाई विदेश लैजान सक्ने अवस्था छैन। एअरपोर्टसम्म लैजान पनि सकिँदैन। परिवारले पनि बाहिर लैजाने कुरालाई प्राथमिकता दिएको छैन। आवश्यकता अनसार यहीँ चिकित्सक थप्छौं। बाहिर लैजान चाहने हो भने हामी तयार छौं तर  उहाँको स्वास्थ्यका कारण त्यो अवस्था छैन' उनले भने। जोशीले कोइरालाको स्वास्थ्य समस्याबारे भारतको एपोलो अस्पतालका चिकित्सकहरुसँग पनि परामर्श गरिरहेको जानकारी दिए। 

    मंगलबार राती खाना सर्किएर अकस्मात विरामी परेका कोइरालाको अहिले एकसाथ चार थरीको उपचार भइरहेको डाक्टरहरुले जानकारी दिएका छन्।  उपचारमा संलग्न डा. जोशीले निमोनिया, मृगौला, ब्लड प्रेसर र कलेजोको उपचार भइरहेको जानकारी दिए। उनको ब्लड प्रेसरमा भने सुधार आएको अस्पतालले जनाएको छ।

    जोशीले उपचारका लागि विदेश लगेपनि वा विदेशबाट विशेषज्ञ डाक्टर ल्याएपनि उसले कोइरालाको स्वास्थ्यको ग्यारेन्टी लिनुपर्ने बताए। 'कसैले चाहन्छ भने बाहिरबाट डाक्टर ल्याए पनि हुन्छ। हामी बाहिर लैजान पनि दिन्छौं तर कुन अवस्थामा भने आउने डाक्टरले ग्यारेन्टी लिनपर्‍यो। बचाउँछौँ र राम्रो उपचार गर्छौं भन्ने ग्यारेन्टी लिनुपर्‍यो'  उनले भने। 

    खाना खाएपछि खानामा भएको एसिड पेटमा मात्र नभई फोक्सोमा समेत गएर इन्फेक्सन भएको डाक्टर जोशीले बताए। अहिले उनको उपचारमा जोशी, डा. भगवान कोइराला, डा. अर्जुन कार्की लगायत १५ जना चिकित्सको टोली खटिएको छ।  ब्लड प्रेर ठीक ठाउँमा ल्याउन आवश्यक पर्ने सबै औषधी प्रयोग गरिएको अस्पतालले जनाएको छ। उनको स्थितिबारे अझै २४ घन्टा केही भन्ने नसकिने अस्पतालले जनाएको छ। 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]