काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको स...
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको बिहीबार परेको ७० औं जन्मदिनमा उपप्रधानमन्त्री कमल थापा पनि शुभकामना दिन पुगेका छन्। निर्मल निवासमा मनाइएको जन्मदि कार्यक्रममा बिहान ११ बजे पुगेका थापाले बुकी दिएर शुभकामना दिएका थिए। बुकी दिएपछि थापाले पूर्वराजालाई निहुरिएर नमस्कार गरेका छन् भने शाहले धाप मारेका छन्।
उपप्रधानमन्त्री थापाका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाका अनुसार करिब ५ मिनेटमा थापा त्यहाँबाट फर्किएका थिए। 'बिहान ११ बजे पुग्नुभयो, बुकी दिएर पूर्वराजालाई शुभकामना दिनुभयो, पूर्वराजाले पनि शुभकामना ग्रहण गर्नुभयो' उनले भने ' त्यसपछि उहाँ फर्किहाल्नुभयो।'
थापाले जन्मदिन समारोहमा केही पनि नखाई फर्किएका थिए। बर्तौलाका अनुसार पूर्वराजालाई शुभकामना दिन राप्रपा नेपालबाट मन्त्री भएका अरु नेताहरु पनि जाँदैछन् ।
उपप्रधानमन्त्री थापाले ट्वीटरमार्फत पनि पूर्वराजालाई जन्मदिनको शुभकामना दिएका छन्।
पुर्व राजा ज्ञानेन्द्र बिर बिक्रम शाहको शुभजन्मोत्सबको अवसरमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना pic.twitter.com/mC2aeUTF5n
— Kamal Thapa (@KTnepal) July 7, 2016
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।