समाज

जङ्गली च्याउ खाँदा गोरखामा २ को मृत्यु

असार २५, २०७३

    गोरखा : जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ। अर्की एक बालिका बिरामी परेकी छिन्। 

    काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार मृत्यु भएको हो भने ६ वर्षीया तिर्सना गुरुङ बिरामी छिन्। उनको काशीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

    रविना र तिर्सना फूलमायाकी छोरीकी छोरी (नातिनी) हुन्। उनीहरु काशीगाउँ–३ स्थित कोनाम्चेमा रहेको गोठमा बस्दै आएका थिए । “गाई गोठमा बस्दै आएका उनीहरुले विषालु च्याउ खाएका रहेछन्” काशीगाउँ गाविसका सहायक चन्द्रबहादुर गुरुङले भने, “च्याउको झोल मात्रै पिएकी तिर्सना बिरामी छिन्।” च्याउ खाएलगत्तै तिर्सनाले बान्ता गरेकीले उनी बाँच्न सफल भएकी गुरुङले बताए। 

    जङ्गलमा उम्रेको विषालु च्याउको तरकारी खाँदा फूलमाया र रविनाको मृत्यु भएको गाविस सचिव दीपक गुरुङको भनाइ छ। उपचाररत तिर्सनाले बताएअनुसार फूलमाया र रविनाले च्याउको तरकारी खाएको स्थानीय शिक्षक धनकुमार घलेले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]