राजनीति

प्रचण्ड भन्छन् : माओवादी आन्दोलन शहर छिरिसक्यो

फाइल फोटो
असार २५, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन गाउँबाट शहर छिरेको बताएका छन्।

    अखिल नेपाल ट्रेड युनियन महासंघको रष्ट्रिय एकता सम्मेलन उद्घाटनका क्रममा उनले जनयुद्ध सुरु गर्दा ग्रामीण इलाकालाई आन्दोलनको केन्द्र बनाएको स्मरण गर्दै अबको आन्दोलन शहर केन्द्रित हुने बताएका हुन्।

     ‘हिजो हामीले ग्रामीण क्षेत्रलाई आन्दोलनको केन्द्रविन्दु बनाई सफलता हासिल गर्‍यौं तर अहिलेको अवस्था त्यो छैन, त्यसैले अबको आन्दोलन सहर केन्द्रित हुन्छ हामीले त्यो नीति बनाएका छौं’ उनले भने।

    प्रचण्डले पार्टीको आउँदो महाधिवेशनपूर्व ‘जनताको माओवादी जनताको घरमा’ नामक अभियान लिएर प्रत्येक जनताको घरघरमा पुग्ने बताए। हालै सम्पन्न पार्टीको पोलिटब्युरो बैठकले पार्टीका नयाँ कार्यदिशा र रणनीतिको विकास गरेको औल्याउँदै जनताको घर–घरमा पुगी संगठन विस्तार गर्ने बताए।

    प्रचण्डले माओवादी पार्टीमा आएको फुटले सहिद, वेपत्ता, घाइते र आम उत्पीडित जनतालाई निकै चिन्तित बनाएको विगतमा आफुहरुले गरेको गल्तीमा माफी माग्दै अव जनता र परिवर्तनको पक्षमा एक ढिक्का भएर अगाडी बढ्ने बताए।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]