छापा

डीएसपीलाई 'स्यालुट' नहान्दा हवल्दार कुटिए

माघ २६, २०७३

    प्युठान : जिल्लाका प्रमुखहररूलाई अभिवादन नगरेको भन्दै एक ट्राफिक हवल्दारमाथि कुटपिट भएको छ। स्यालुट नगरेको भन्दै प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले हवल्दार त्रिचन्द्र बहादुर डीसीलाई कुटेका हुन्।

    जिल्ला ट्राफिक कार्यालय प्युठानमार्फत बिजुवारमा कार्यरत डीसी सोमवार दिउँसो कुटिएका हुन्। कुटपिटपछि उनलाई चार घण्टा सम्म बर्दीमै हिरासतमा राखेको समेत खुलेको छ। ट्राफिक जाँचका क्रममा आफूले उनीहरूलाई नदेखेको भन्दै डीसीले आफूलाई अनाहकमा कुटेको दुखेसो गरे।

    स्रोतका अनुसार सोमबार दिउँसो प्रजिअ जनकराज पन्त, डीएसपी रञ्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी इन्द्रप्रसाद बस्याल सँगै सवार थिए। उनीहरू चेरनेटाबाट बिजुवारतर्फ आउँदै गर्दा दाखाक्वाडीमा जाँचका क्रममा जिल्ला प्रशासनको गाडी गएको थियो।
    सोमवार बेलुका इलाका प्रहरी कार्यालय बिजुवारबाट झिकाएर हवल्दारलाई सोधपुछका क्रममा राठौरले कुटपिट गरेका हुन्।

    ‘श्रीमान् डिएसपी सापबाट झिकावट भएर खलंगा गयौं’, घाइते डिसीले नागरिकसँग भने, ‘आफूलाई जिल्ला प्रहरी कार्यालयमा हतकडी लगाई कुटपिट गरियो।’ आफूले अन्य सवारी जाँचका क्रममा नदेखेर अभिवादन नगरेको अनुनय गरेपनि हतकडी लगाई कुटेको उनले आरोप लगाए। जिल्ला प्रहरीले घटना बाहिर ल्याउन नचाहे पनि सँगै रहेका अर्का ट्राफिक जवान नारायण चौधरीले डीएसपी राठौरले तथानाम गाली गर्दै कुटपिट गरेको बताए।

    यसबारे जिल्ला प्रहरी प्रमुख राठौरले सामान्य सोधपुछ बाहेक अन्य केही नभएको जिकिर गरे। ‘उसको बारेमा धेरैपटक अनुशासनको कुरा मकहाँ आएको हो, राठौरले भने, ‘धेरै पटक सम्झाउँदा पनि अटेर गरेपछि अफिसमै बोलाएर सामान्य सम्झाएको मात्र हुँ।’ उनका अनुसार हवल्दार डिसीले अनेकौं हल्ला फैलाएर आफ्नै गल्ती लुकाउन खोजेको टिप्पणी गरे।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]