काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।
प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बिहान बिराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारसँग मधेसका मुद्दा समाधान गर्न राष्ट्रिय सरकारको आवश्यकता रहेको बताए।
‘मधेसी समुदायको माग सम्बोधन गर्न सम्भव छ । मधेसलगायत देशका सामु देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो’, अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिका लागि सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचो छ।‘
प्रचण्डले निर्वाचनका लागि समेत राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिए। निर्वाचन गर्नुपर्छ भन्नेमा आफू सहमत भए पनि निर्वाचनको कार्यतालिकाबारे भने निर्णय नभएको उनले बताए। स्थानीय निकायका संरचना निर्धारण गर्न गठित आयोगले प्रतिवेदन तयार पारेपछि राष्ट्रिय एकताका आधारमा अन्य निर्णय गर्नुपर्ने उनले बताए।
प्रचण्डले देशका सामु देखिएका जटिल समस्याहरु हल गर्न एउटासँग मिलेर अर्कोलाई पेल्ने सोचले समस्याको हल गर्न नसक्ने स्पष्ट पारे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।