राजनीति

कांग्रेस नेता खाँडको आरोप- प्रधानमन्त्री नै सहमतिको बाधक

असार ४, २०७३

    भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेस सहमति र चुनावको पक्षमा रहेको बताएका छन्। 

    शनिबार नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले स्थानीय निकायको चुनाव चाँडै होस् भन्ने कांग्रेसको चाहना रहेको बताए।

    स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसको सहमति आवश्यक रहेको उल्लेख गरे। ‘अहिलेको समय शान्ति, संवाद, सहयात्रा र सहमतिको हो तर प्रधानमन्त्री केपी शर्मा ओली सहमतिको पक्षमा हुनुहुन्न, उहाँ नै सहमतिको बाधक हो’, उनले भने। 
    उनले तरुण दल, नेविसङ्घलगायत भातृ सङ्गठनको वर्तमान कार्यसमितिले अधिवेशन गर्न नसके र सभापति देउवाले भङ्ग पनि नगरे पदाधिकारीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने औल्याए।  

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, लक्ष्मी परियार, काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, तरुण दल जिल्ला अध्यक्ष विनोद कुँइकेललगायतले विपक्षीलाई बेवास्ता गरेर सरकार तानाशाही ढङ्गले अगाडि बढेकाले आन्दोलन मार्फत सरकार फाल्नुपर्ने धारणा राखे।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]