डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्ट...
वीरेन्द्रनगर : सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन्।
घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ। बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको उक्त ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो। दुर्घटनामा बसधनी रामबहादुर खड्काको मृत्यु भएको हो। उgको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन्। बस सडकबाट झन्डै २०० मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।