समाज

थाहाखबर डटकमको औपचारिक शुभारम्भ

फोटो : दीपक केसी
असार १५, २०७३

    काठमाडौं  : थाहाखबर डटकमको औपचारिक शुभारम्भ बुधबार गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले शुभारम्भ गरेका हुन्।

    थाहाखबर डटकमको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री विष्टले सञ्चार माध्यमले कसैको लोभ लालचमा नपरी निस्वार्थ भावले जनतालाई सत्य कुराको जानकारी गराउनुपर्ने बताए। विश्वभर सञ्चार माध्यमलाई राज्यको चौथो अंग भनी सम्मान व्यक्त गरिएको भन्दै उनले यो विना समाज सुसूचित हुन नसक्ने बताए।

    थाहाखबरले जनतालाई सुसूचित गर्ने मात्र नभई समाजमा रहेका बेइमान र भ्रष्ट प्रवृत्तिको विरोध गर्नुका साथै राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्न विष्टले शुभकामना दिए।

    उनले रुपचन्द्र विष्टको थाहा अभियानको आदर्शलाई लिएर सञ्चार माध्यम सुरुवात भएकोमा खुशी व्यक्त गरे। आफुसँग रुपचन्द्र विष्टको पटक पटक भेट भएको स्मरण गर्दै विष्टले राष्ट्रिय एकता तथा राष्ट्र र जनता एक हुनुपर्छ भन्ने चाहना राख्ने गरेको बताए।  

    थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले ८ वर्षअघि रेडियो थाहा सञ्चार मार्फत सुरु भएको यात्रा रेडियोको राष्ट्रव्यापी सञ्जाल हुँदै थाहाखबर डटकमसम्म आइपुगेको बताइन्। उनले अनलाइन मार्फत सत्य खबरको उजागर गर्नुका साथै देश विदेशमा रहेका नेपालीहरुसँग अन्तर्क्रिया गर्ने जानकारी दिइन्। अनलाइनमा अडियो भिडियो सामग्री पनि समावेश गरी पढ्ने मात्र नभइ सुन्ने र हेर्ने पनि बनाउने अध्यक्ष सुमार्गीले बताइन्। 

    कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटा, मुक्तिश्री प्रालिका अध्यक्ष तथा थाहा मिडिया ग्रुपका सल्लाहकार अजेयराज सुमार्गी, साहित्यकार प्रदीप नेपाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्की, नेपाल उदयोग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले थाहाखबर डटकमलाई शुभकामना दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • बिजय कुमार श्रेष्ठ ।

    Onlinekhabar.com ले प्रतिकृया ग्रहण गर्दा केही पक्षपात गरेको जस्तो लागेको छ मलाई । त्यसैले यो थाहा खबरको शुभारम्भ स्तम्भ मै मैले पनि एउटा शुभकामना प्रतिकृया पठाएको थिएँ । तर यो थाहा खबरले पनि पहिलो पटक मै प्रतिकृया नराखिदिएर बेइमानी गरेको अनुभूत भयो ।

  • anjan

    जो रुप्चन्द्र बिष्ट को प्रखर बक्ताको फोटोकपी थिए उनैको नाम छुटेकोमा आस्चर्य लाग्यो।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]